देवेन्द्र आलोक/ मध्यान्ह
बिराटनगर : सुनसरी जिल्ला स्थितधरानमा बंगुरहरुमा फैलिएको राइबोन्युक्लिक एसिड (आरएनए) समूहको ‘आर्टरी’ भाइरस नियन्त्रणमा आएको धरान पशु सेवा शाखाले जनाएको छ । धरानका विभिन्न वडामा फैलिएको भाइरस लगभग लगभग नियन्त्रणमा आएको पशु सेवा शाखा प्रमुख महेन्द्र पैकाराले बताए ।
‘रोगहरू एकदम नियन्त्रणमा आइसकेको छ’ उनले भने,‘स्याम्पल हामीले काठमाडौँ पढाएका थियौँ । रिपोर्ट नेगेटिभ आइसकेको छ । अब रोग नै छैन भने पनि भयो ।’ कार्यालयले स्याम्पल संकलन गर्ने, मरेको बंगुरको व्यवस्थापन गर्ने, जनचेतना फैलाउने कामहरू गरेको पनि उनले बताए ।
उनले मिडियामा बंगुरमा रोग फैलियो भनेर आए पछि मानिसहरूले मासु नै खान छोडिसकेको बताए । यसले गर्दा व्यावसायिक किसानहरू मर्कामा परेको गुनासो पनि उनले गरे । केही समय अघि धरानको वडा नं. ४,५,६ वडामा यो रोग फैलिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies