२०८२ असार १८ गते बुधवार / Jul 02 , 2025 , Wednesday
२०८२ असार १८ गते बुधवार
Ads

आज १८औं गणतन्त्र दिवस मनाइँदै

shivam cement
२०८२ जेठ १५ गते ०६:१५
आज १८औं गणतन्त्र दिवस मनाइँदै

काठमाडौं : १८औं गणतन्त्र दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।  

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुँदैछन् ।

कार्यक्रममा गणतन्त्रको महत्त्व झल्कने विभिन्न झाँकी प्रदर्शनी गरिने छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतबाट मार्चपास हुनेछ। गणतन्त्र दिवस–२०८२ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गर्ने कार्यक्रम छ ।

तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरूद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेकपा (माओवादी) ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा मुलुकमा गणतन्त्र घोषणा गरिएको हो ।

१५ जेठ २०६५ मा जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखिको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise