२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

सुर्तीजन्य पदार्थको सेवनले गम्भीर असर निम्त्याउँछ : मन्त्री पौडेल

shivam cement
२०८२ जेठ १७ गते २२:१६
Shares
सुर्तीजन्य पदार्थको सेवनले गम्भीर असर निम्त्याउँछ : मन्त्री पौडेल

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थ सेवनको कारण सामाजिक, आर्थिक र मानसिक असर गम्भीर पर्ने बताएका छन् । 

विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालको आयोजना तथा बुढानीलकण्ठ नगरपालिकाको सह–आयोजनामा बुढानीलकण्ठ मन्दिर परिसरमा आयोजित संकल्प कार्यक्रममा उनले भने, ‘युवाहरू भविष्यका आधारशिला हुन्, तर उनीहरू नै यस्तो लतमा फस्दै गएका छन्, जुन उनीहरूको सम्भावनालाई नष्ट गरिरहेको छ । विद्यालय, क्याम्पस र समुदायका प्रत्येक तहबाट यसकोविरुद्ध आवाज उठ्नुपर्छ ।’

स्वास्थ्य मन्त्री पौडेलले सुर्तिजन्य पदार्थ सेवन आफु पनि नगर्ने र अरुलाई पनि नगर्न कार्यक्रममै संकल्प गराएका थिए ।

स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेलले राज्यका केही निकायहरू राजस्वको मोहमा यस्ता उद्योगहरूलाई अप्रत्यक्ष रूपमा सहजीकरण गरिरहेको उल्लेख गर्दै ती उद्योगहरूले नागरिकको स्वास्थ्यमा दीर्घकालीन असर पारिरहेको बताए । 

‘नियमनका लागि ऐन त छ, तर कार्यान्वयन कमजोर छ’ उनले भने, ‘सुर्तीजन्य उद्योगहरू राज्यको समृद्धिमा योगदान दिने आवश्यक क्षेत्र होइनन् । तर कर राजस्वको मोहमा राज्यका केही निकायहरूले यस्ता उद्योगलाई अप्रत्यक्ष रूपमा सहजीकरण गरिरहेका छन्, जसको सिँधा असर नागरिकको स्वास्थ्यमा परेको छ । यसले दीर्घकालीन रूपमा हाम्रो स्वास्थ्य प्रणालीमा भार बढाइरहेको छ ।’
पछिल्लो समय लागू गरिएको ऐनले केही मात्रामा नियन्त्रण ल्याएको भए पनि त्यो पर्याप्त नभएको उनले बताए । 

उनले थपे, ‘नीतिको प्रभाव कार्यान्वयनमा निर्भर हुन्छ । यदि हामी सबै नागरिकले सुर्तीजन्य पदार्थको सेवन नगर्ने संकल्प लिन्छौँ भने यस्ता उद्योगहरू स्वतः बन्द हुनेछन् ।’
दिवसको अवसरमा सुर्तीजन्य पदार्थविरुद्ध ¥याली र नाटक समेत प्रदर्शन गरिएको थियो । 
००० 
 

ADV

ताजा खबर

सम्बन्धित खबर