सुमन महतारा/मध्यान्ह
गुल्मी : गुल्मीकाे इस्मा गाउँपालिका- १, छिनुवाखाेलामा भएको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ ।
इस्मा गाउँपालिका छिनुवामा हाेटल संचालन गरेर बस्ने २३ वर्षका माेति बहादुर कुँवरकाे हत्यामा संलग्न इस्मा गाउँपालिका १ कै सन्तोष कुमाल, रमेश कुमाल र सुशील कुमाललाई हत्याको आराेपमा पक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यीनीहरुमध्ये मुख्य अभियुक्त रमेश हुन् भने अरु दुई सहायक मानिएका छन् ।
उनीहरुले प्रहरीसँगकाे बयानमा हत्या गरेको स्वीकार गरेका थिए । उनीहरुलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुँवरलाई गत भाद्र २१ गते राति कुटपिट गरिएको थियो । अर्को बिहान उनको मृत्यु भएको थियो । तिजमा मेला हेर्न जाँदा युवती जिस्काउँदाकाे रिसका कारण याे घटना भएको अनुसन्धानबाट खुलेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies