काठमाडौं : गायक प्रविन राजथलाको नयाँ गीत सार्वजनिक भएको छ । राजथलाको आफ्नै शब्द रहेको ‘आमा’ बोलको गीत ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।
एलिजा महर्जनले निर्माण गरेको यस गीतको कम्पोज पनि गायक प्रविन राजथलाले गरेका हुन् भने गोपाल रासाइलीले एरेन्ज गरेका हुन् ।
सत्यराज चौलागाईंको निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा प्रविन राजथला, सबी बज्राचार्य चौलागाईं र सम्मान चौलागाईंको अभिनय देख्न पाइन्छ । भिडियोमा आमा र छोराको अभिनय गरेका सबी र सम्मान रियल लाइफमा पनि आमा छोरा नै हुन् ।
रामकुमार केसी र सुदीप शर्माको छायांकन रहेको उक्त म्युजिक भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies