इमरान खान/मध्यान्ह
कपिलवस्तु : नेकपा (माओवादी ) केन्द्र कपिलवस्तुका जिल्ला युवा नेता दीपक पाण्डेसहित २ जनामाथि बुधवार राति गोली प्रहार भएको छ । अज्ञात समुहले केन्द्रका नेता दिपक पाण्डे र भारतीय नागरिक ईजाज अख्तर मुसलमानमाथि गोली प्रहार गरेका हुन् ।
तौलिहवा–जितपुर सडक अन्तर्गत रामनगर नजिकै रहेको च्याउ फ्याक्ट्रिमा उनीहरुमाथि गोली प्रहार भएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले मध्यान्हलाई बताए ।
निग्हिलवादेखि एउटै मोटरसाइकलमा सवार भई तौलिहवा तिर आइरहेका बेला सोही दिशाबाट मोटरसाइकलमा सवार भई आएका तीन जनाको समुहले गोली प्रहार गरी फरार भएका थिए ।
कपिलवस्तु नगरपालिका–१ तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कोखामाथि दुईवटा र ईजाज अख्तरको बाँया हातको कुममा गोली लागेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । घाइते दुबैको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
पाण्डेको शरीरबाट एउटा गोली निकालिएको र अर्को निकाल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्तासमेत रहेका भण्डारीले बताए । पाण्डेको अवस्था मध्यम रहेको छ । घटनाको थप अनुसन्धान तथा अभियुक्तहरुको खोजी भइरहेको भण्डारीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies