२०८२ असार २३ गते सोमवार / Jul 07 , 2025 , Monday
२०८२ असार २३ गते सोमवार
Ads

तीन सातापछि ताप्लेजुङमा हवाई उडान

shivam cement
मध्यान्ह
२०८२ असार २३ गते १४:४७
तीन सातापछि ताप्लेजुङमा हवाई उडान

ताप्लेजुङः ताप्लेजुङमा तीन सातापछि  हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो । 

नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौंबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौं प्रस्थान गरेका छन् । मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीले जानकारी दिए ।

बर्खायाम सुरु भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए । हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौं–ताप्लेजुङ–काठमाडौंका लागि हवाई उडानको तालिका रहेको छ । ताप्लेजुङबाट काठमाडौंसम्म प्रति व्यक्ति रु नौ हजार २०० भाडा दर कायम गरिएको छ । 

ADV

सम्बन्धित खबर

Advertise