
काठमाडौँ : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला सङ्ग्रौला पन्तले पार्टीको १५ औँ महाधिवेशनबाट कांग्रेस युवामय बनेको बताएकी छन् ।
नेपाल विद्यार्थी संघ गोरखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना आदानप्रदान, सम्मान तथा चियापन’ कार्यक्रममा उनले पार्टीको महाधिवेशनले कांग्रेसमा युवा नेतृत्वलाई अगाडि बढाएको बताएकी हुन् ।
महामन्त्री सङ्ग्रौलाले विदेशीएका युवालाई स्वदेशमै रोजगार प्रदान गर्ने गरी कांग्रेसले आफ्ना कार्यक्रमलाई आगामी दिनमा अगाडि लैजाने प्रतिबद्धता जनाइन् । पछिल्लो समय मुलुकमा शिक्षाको गुणस्तर खस्किएको भन्दै उनले यसलाई अगाडि बढाउन नेविसंघले प्रभावकारी रूपमा नृतत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् ।