२०८२ चैत ७ गते शनिवार / Mar 21 , 2026 , Saturday
२०८२ चैत ७ गते शनिवार
Ads

दमाममा राहदानी नवीकरण शिविर सम्पन्न, दुई दिनमै हजारौं नेपालीले पाए सेवा

shivam cement
२०८२ असार २३ गते १८:३३
Shares
दमाममा राहदानी नवीकरण शिविर सम्पन्न, दुई दिनमै हजारौं नेपालीले पाए सेवा

दमाम, साउदी अरब : साउदी अरबको पूर्वीय प्रान्तस्थित दमाम शहरमा अस्थायी रूपमा सञ्चालन गरिएको दुईदिने राहदानी सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । नेपाली दूतावास, रियादको पहलमा सञ्चालन गरिएको उक्त शिविरमार्फत १०७९ जनाले राहदानी नवीकरणका लागि फारम बुझाएका छन् भने १०८६ जनाले नवीकृत राहदानी प्राप्त गरेका छन् । साथै, ५० जनाको बहिर्गमन भिसाका लागि फारम संकलन गरिएको छ ।

शुक्रबार र शनिबार (साप्ताहिक बिदा) का दिन लक्षित गरी सञ्चालन गरिएको उक्त शिविरको उद्देश्य साउदी अरबको पूर्वी क्षेत्रका नेपाली श्रमिकहरूलाई सहज रूपमा आवश्यक कागजी प्रक्रिया पूरा गराउने रहेको थियो ।

No description available.

कार्यक्रममा साउदी अरबाका लागि नेपाली राजदूत डा. नरेश विक्रम ढकालको नेतृत्वमा टोप नारायण गिरी, टीकाराम शर्मा, अम्बरबहादुर नेपाली, विपिन प्रसाई, शाजिद अन्सारी, हेमन्त आचार्य, अजय दंगाल, अदबुल राई, ध्रुब तिमिल्सिना, डेबिट महर्जन, राजकुमार कँडेल र जनसम्पर्क अधिकारी नारायण पासवान तथा अक्सर अलिलगायतको टोली उपस्थित थियो ।

शिविर सफल पार्न गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद साउदीका अध्यक्ष रविना अर्याल, वरिष्ठ उपाध्यक्ष उमेश भट्टराई, महासचिव शुक्र मोक्तान, भीम कार्की, तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूले उल्लेखनीय भूमिका खेलेका थिए ।

त्यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेडका प्रतिनिधि राम छेत्री, नेपाली जन प्रगतिशील मञ्च साउदीका अध्यक्ष रामचन्द्र वाग्ले, पानस अध्यक्ष कुबेर हुमागाईं, प्रवासी नेपाली सम्पर्क विभागका प्रवक्ता हरि थापा, नेपाल आदिवासी जनजाति महासंघ साउदीका अध्यक्ष खेम गुरुङ, किरात राई यायोख्खाका अध्यक्ष चित्र कुमार चाम्लिङ राई, हेल्प मधेसी साउदीका अध्यक्ष श्याम कुमार महतो, नेपाल मगर संघ साउदीका अध्यक्ष बम बहादुर थापा मगर, साथै विभिन्न फुटबल क्लब र श्रमिक समूहका प्रतिनिधिहरूको समेत सहकार्य रहेको थियो ।

स्वयंसेवक र संस्थागत प्रतिनिधिहरूले फारम संकलन, कागजपत्र प्रमाणीकरण, राहदानी वितरण, जानकारी प्रवाह तथा लाइन व्यवस्थापनमा सहयोग पुर्‍याएका थिए । सहभागीहरूको उत्साहजनक उपस्थिति र सुव्यवस्थित व्यवस्थापनका कारण शिविर सफल भएको आयोजकहरूले बताएका छन् ।

श्रमिकहरूको सेवामा समर्पित यस अभियानको सेवाग्राहीहरूले समेत प्रशंसा गरेका छन् । भविष्यमा पनि यस्ता सहयोगमूलक कार्यक्रम निरन्तर जारी राखिने दूतावास र स्थानीय समन्वयकर्ताहरूले जनाएका छन् ।

No description available.

सम्बन्धित खबर