जनकपुरः जनकपुरमा रेलको ठोक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिका २ सिनरजोडा बस्ने ४५ वर्षीय बिनोद साह रहेका छन् ।
आज दिउँसो १२ः३० बजेको समयमा जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलको ठक्करबाट उनको मृत्यु भएको हो । साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।