२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

निजामती सेवा विधेयक : छानबिन समितिको पहिलो बैठक आज बस्दै

shivam cement
मध्यान्ह
२०८२ असार २४ गते ११:१५
निजामती सेवा विधेयक : छानबिन समितिको पहिलो बैठक आज बस्दै

काठमाडौँ : संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा बनेको अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक आज बस्दैछ ।

बैठक दिउँसो १२ बजे सभामुखको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने भएको हो ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो ।

यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise