२०८२ असार २४ गते मङ्गलवार / Jul 08 , 2025 , Tuesday
२०८२ असार २४ गते मङ्गलवार
Ads

प्रधानमन्त्रीसहितको टोली बाढीग्रस्त क्षेत्रमा जाँदै

shivam cement
मध्यान्ह
२०८२ असार २४ गते १४:३०
प्रधानमन्त्रीसहितको टोली बाढीग्रस्त क्षेत्रमा जाँदै

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली रसुवाको बाढीपहिरो ग्रस्त क्षेत्रको अवलोकनका लागि जाने भएको छ ।

सोमबार राति आएको बाढी र पहिरोका कारण पुगेको क्षतिको अवलोकनका लागि प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि अवलोकनका लागि जान लागेका हुन्  । बाढीग्रस्त क्षेत्रमा गएर प्रत्यक्ष अवलोकनपछि सरकारले आवश्यक निर्णय लिने गृहमन्त्री लेखकले बताए । रसुवामा ठूलो विपद् आएको बताए । 

उनले भने, ‘रसुवामा ठूलो डिजास्टर भएको छ । हामी जान लागेका छौँ । त्यहाँ गएर हेरेपछि आवश्यक निर्णय गर्नेछौँ ।’ बाढीग्रस्त क्षेत्रमा तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise