काठमाडौं : नेकपा एमालेकी सांसद सम्झना थपलियाले सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता नमुना माध्यमिक विद्यालयका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको विषयमा गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद थपलियाले विद्यालयका १० जना छात्रामाथि शिक्षक हरि श्रेष्ठले यौनजन्य दुर्व्यवहार गरेको भएपनि विद्यालय प्रशासनले कुनै कारबाही प्रक्रिया नथालेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएकी हुन् ।
उनले जिल्लाकै नमुना विद्यालय रहेको जनता नमूनामा पछिल्लो दश वर्षमा करिव १५ करोड अनुदान गएको भएपनि माध्यमिक शिक्षा परीक्षाको नतिजा समेत शून्य आएको बताइन् ।
लामो समयदेखि शारीरिक यौन हिंसामा परेका किशोरीहरु मानसिक रुपमा थलिएको उल्लेख गर्दै उनले शिक्षकमाथि यथाशिघ्र कारबाही प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइन् ।