-राजु आचार्य ‘दीप’, चितवन
१
कर्तुतहरू एक एक गरीे गन्नै पर्ने हुन्छ ।
बेइमानीको जरो हामीले खन्नै पर्ने हुन्छ ।
सिधै या घुमाएर देश लुट्न खोज्छ भने
चोरलाई चोर दुनियाँ सामु भन्नै पर्ने हुन्छ ।।
२.
माया ममता रुपैयाँमा किन्न कहाँ सकिन्छ र ?
भावनाको अमीट नाता छिन्न कहाँ सकिन्छ र ?
तिमी कसैलाई भर गरेको आरोप लगाइरहेछौ
दुई दिन मै यहाँ मान्छेको मन चिन्न कहाँ सकिन्छ र ?
३.
गन्तव्य पुग्न गोरेटो मैले खन्नै पर्ने थियो ।
मुटु मिचेर भए पनि कडा बन्नै पर्ने थियो ।
सधैं तिम्रो प्रशंसा गरेर घर चल्दैन हाम्रो ।
सच्चिनुपर्छ भन्दै केही त भन्नै पर्ने थियो ।।
४.
अनुहारको सौन्दर्य रातो टीकाले फरक पार्दछ ।
जस्तो कि नेपाली अक्षर डिकाले फरक पार्दछ ।
सम्बन्ध दिगो भएन भनेर किन गुनासो गर्नु हौ ?
सम्बन्ध त त्यही बोलीको तरिकाले फरक पार्दछ ।।
५.
सबैसँग असल सम्बन्ध गाँसेकै राम्रो हुन्छ ।
सुन्दर तस्बिर आँखामा टाँसेकै राम्रो हुन्छ ।
धमिलो बनाउनु हुँदैन दुई दिनको चोलालाई
भेटघाट हुँदा तिमीले हाँसेकै राम्रो हुन्छ ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies