काठमाडौँ : काठमाडौँमा ईभी माइक्रोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
टोखा नगरपालिका-६ ग्राण्डीस्थित सडक खण्डमा स्कुटर र इभी माइक्रो ठोक्किँदा सर्लाही हरिवन नगरपालिका-१ का स्कुटर चालक सोनाम योन्जनको मृत्यु भएको हो ।
घाइते भएका उनको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । मंगलरबार दिउँसो सवा ३ बजे बा.प्र ०१-००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२-०४४ प ६४०५ नं को स्कुटर आपसमा ठोक्किँदा उक्त हताहत भएको प्रहरीले बताएको छ ।
माइक्रो चालक सुरेन शिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।