२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

दाउन्नेमा सडक भाँसियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते ०८:२९
दाउन्नेमा सडक भाँसियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौँ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत खुर्सानी खोलामा सडक भाँसिदा बर्दघाट-दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ । वर्षाका कारण खुर्सानी खोलानजिक सडक भाँसिएसँगै गएरातिदेखि बाटो अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय परासीका अनुसार बर्दघाटबाट पूर्व खुर्सानी खोला नजिक राजमार्ग केही भासिएको छ ।  सडक भाँसिएको स्थानमा लु १ ख ५८२७ नम्बरको ट्रक फसेको छ भने हाल घटनास्थलमा उद्धारका लागि घटनास्थलमा प्रहरी पठाइएको छ ।

महेन्द्र राजमार्गको बर्दघाटतर्फको खण्डमा सडक भासिएको हो । त्यहाँ पूर्वपश्चिम हिँडेका सयौँ सवारी साधन रोकिएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise