२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

चट्याङ लागेर एक जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते ०८:३९
चट्याङ लागेर एक जनाको मृत्यु

ताप्लेजुङ : सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका-३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको पारिवारिक स्रोतका अनुसार मंगलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उनी घाइते भएका हुन् । उनलाई तत्काल स्थानीय स्वास्थ्य चौकी पुर्‍याइएको थियो ।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका-५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते भएका छन् । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो ।

उनको सोही स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise