२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ग्रामीण सडक कालोपत्र गरिँदै

Nada
२०८२ असार २५ गते १०:५८
Shares
ग्रामीण सडक कालोपत्र गरिँदै

भोजपुर : षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली सडक धमाधम कालोपत्र भइरहेको छ ।

ncell

कोशी प्रदेश सरकारले रु. ५१ करोड ६२ लाख खर्चेर थालेको कालोपत्रको काम ८५ प्रतिशत पूरा भएको छ ।

पूर्वाधार विकास कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार अस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको छ । हालसम्म ११ किलोमिटर कालोपत्र भइसकेको छ । बाँकी नौ किलोमिटर पनि यसै महिना पूरा गर्ने गरी युद्ध स्तरमा काम जारी छ ।

सडक कालोपत्र हुन थालेपछि उत्तरी क्षेत्रका नागरिक उत्साहित भएका छन् । यो सडक २०८२ कात्तिकमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।
 

ताजा खबर

सम्बन्धित खबर