२०८२ असार २५ गते बुधवार / Jul 09 , 2025 , Wednesday
२०८२ असार २५ गते बुधवार
Ads

ग्रामीण सडक कालोपत्र गरिँदै

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते १०:५८
ग्रामीण सडक कालोपत्र गरिँदै

भोजपुर : षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली सडक धमाधम कालोपत्र भइरहेको छ ।

कोशी प्रदेश सरकारले रु. ५१ करोड ६२ लाख खर्चेर थालेको कालोपत्रको काम ८५ प्रतिशत पूरा भएको छ ।

पूर्वाधार विकास कार्यालय प्रमुख राजनराज रेड्डीका अनुसार अस्फाल्ड प्रविधिबाट कालोपत्र भइरहेको छ । हालसम्म ११ किलोमिटर कालोपत्र भइसकेको छ । बाँकी नौ किलोमिटर पनि यसै महिना पूरा गर्ने गरी युद्ध स्तरमा काम जारी छ ।

सडक कालोपत्र हुन थालेपछि उत्तरी क्षेत्रका नागरिक उत्साहित भएका छन् । यो सडक २०८२ कात्तिकमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise