काठमाडौंः त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले शपथ लिएका छन् ।
उपकुलपति अर्यालले आज प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा एक कार्यक्रमका बीच कुलपति ओलीसमक्ष उपकुलपति अर्यालले सपथ लिएका हुन्।