२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

पूर्वसूचनाका लागि चीनसँगको सहकार्य नबढाउने हो भने जतिबेला पनि दुर्घटना हुनसक्छः प्राधिकरण

Nada
२०८२ असार २५ गते १७:५३
Shares
पूर्वसूचनाका लागि चीनसँगको सहकार्य नबढाउने हो भने जतिबेला पनि दुर्घटना हुनसक्छः प्राधिकरण

काठमाडौंः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद् क्षति न्यूनीकरणका लागि चीनसँग समन्वय बढाउनु जरुरी रहेको बताएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहेको बताएको हो । 

ncell

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद्बाट लड्न चीनसँग स्थायी समन्वय जारी राखि रहनु जरुरी रहेको बताए । उनले युएनडिआरआरको प्रपोजल बनाउने चरणमा आफूहरु रहेको उल्लेख गरे । उाले पूर्वसूचना प्रणाली अहिले नेपालकोले मात्रै काम गरिरहेको र चीनसँग यसबारेमा सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताए। उनले नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी देखिएको बताए ।

उनले भने, ‘चीनसँग स्थायी समन्वय जारी राखि रहनुपर्नेछ । त्यो दिशामा अघि बढ्नेछौँ । युएनडिआरआरको प्रपोजल बनाउने चरणमा पनि छौँ । चीन र हाम्रो बीचमा इन्फरमेसन एक्सचेन्ज नहुने हो भने हामी जतिबेला पनि दुर्घटनाको संघारमा छौँ । अर्लि वार्निङको हाम्रो आफ्नो देशको सिस्टमले काम गरिरहेको छ । अझै त्यसलाई बढाउन जरुरी छ ।’

उनले विपद्को कुरा यही हुन्छ भन्न नसकिने तर पूर्वसूचना जारी गरेर जनधनको क्षति कम हुनबाट रोक्ने प्रयासमा आफूहरु रहेको बताए।

ताजा खबर

सम्बन्धित खबर