२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

सुस्ता नारायणी नदीमा दाउरा संकलन गर्ने क्रममा किशोर बेपत्ता

shivam cement
विनोद निगम
२०८२ असार २५ गते २०:५३
सुस्ता नारायणी नदीमा दाउरा संकलन गर्ने क्रममा किशोर बेपत्ता

नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ ठोकरस्थित नारायणी नदीमा दाउरा संकलन गर्ने क्रममा एक १४ वर्षीय किशोर डुबेर बेपत्ता भएका छन् । 

बेपत्ता हुने किशोर नर्सहीका किसुन मल्लाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार दिउँसो करिब ३ बजे दाउरा निकाल्ने क्रममा उनी नदीमा डुबेका थिए । 

घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल बलिनगर वि.ओ.पी.बाट सशस्त्र प्रहरी निरीक्षक भोला श्रेष्ठको कमाण्डमा १७ जनाको टोली र इलाका प्रहरी कार्यालय बेलाटारीबाट सशस्त्र प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीको कमाण्डमा ७ जनाको टोली खोज तथा उद्धार कार्यमा खटिएको छ ।

घटनास्थल बलिनगर वि.ओ.पी.बाट करिब ५ किलोमिटर उत्तरतर्फ पर्छ । हालसम्म बेपत्ता बालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise