२०८२ असार २६ गते बिहिवार / Jul 10 , 2025 , Thursday
२०८२ असार २६ गते बिहिवार
Ads

थवाङ गाउँपालिकाका ७ कर्मचारी सम्पर्कविहीन, सेवा ठप्प

shivam cement
मध्यान्ह
२०८२ असार २५ गते २२:५२
थवाङ गाउँपालिकाका ७ कर्मचारी सम्पर्कविहीन, सेवा ठप्प

रुकुम पूर्व : रुकुम पूर्वको थवाङ गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी असार २४ गतेदेखि सम्पर्कविहीन भएका छन् । 

कर्मचारी नहुँदा गाउँपालिकाको सेवा प्रवाह पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै नेपाल टेलिकमको नेटवर्क समस्याका कारण प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसँग सम्पर्क हुन नसकेको जानकारी दिए । तर अन्य ६ जना कर्मचारीहरू पनि एकैसाथ सम्पर्कविहीन रहनुले स्थानीयबासी तथा सेवा लिने पक्षमा गम्भीर चिन्ता र आशंका उत्पन्न भएको छ ।

सम्पर्कविहीन हुनेहरूमा सहायक प्रशासन पाँचौं हरीश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सब–इन्जिनियर चन्द्रप्रकाश री, चालक प्रदीप केसी, कार्यालय सहयोगी निशा आचार्य, र खानेपानी तथा सरसफाई प्राविधिक शिवकुमार वली रहेका छन् । 

दुई दिनसम्म कुनै पनि कर्मचारी कार्यालयमा हाजिर नभएको, मोबाइल फोन सम्पर्कविहीन रहेको र आधिकारिक जानकारी नआएको अवस्थालाई स्थानीयले प्रशासनिक चरम लापरवाहीको संज्ञा दिएका छन् । 

गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढामगरले हस्ताक्षर गरेको विज्ञप्तिमा कर्मचारीहरूको खोजी कार्य अगाडि बढाइएको उल्लेख भएपनि सुरक्षाको अवस्था, सम्भावित जोखिम वा खोजी प्रक्रिया सम्बन्धी कुनै विस्तृत जानकारी दिइएको छैन । 

स्थानीयबासीहरूले कर्मचारीहरूको अचानक सम्पर्कविहीन हुनु र पालिकाको मौनताप्रति आक्रोश व्यक्त गरेका छन् । केहीले यो घटनामा प्रशासनिक मिलेमतोको आशंका समेत व्यक्त गरेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise