काठमाडौंः भारतको पश्चिमी राज्य गुजरातमा बुधबार पुल भत्किँदा सवारी साधन नदीमा खस्दा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ६ जनाभन्दा बढी घाइते भएका छन् ।
चार दशक पुरानो गम्भीरा पुलको एक भाग भत्किँदा राज्यको आनन्द र बडोदरा शहरहरूबीचको सम्पर्क विच्छेद भएको छ । परिणामस्वरूप यस क्षेत्रमा सवारी साधनको आवागमन प्रतिकूल रूपमा प्रभावित भएको छ ।
प्रहरीले नदीबाट नौ जना शव निकालेको पुष्टि गरेको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।