२०८२ असार २७ गते शुक्रवार / Jul 11 , 2025 , Friday
२०८२ असार २७ गते शुक्रवार
Ads

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

shivam cement
मध्यान्ह
२०८२ असार २६ गते १५:५३
त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

चितवनः यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा आज एक पुरुषको शव फेला परेको छ ।

केही अङ्ग नभएको अवस्थामा अन्दाजी ४५र५० वर्षको देखिने सो शव फेला परेको हो । शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए। 

उक्त शव गत मङ्गलबार रसुवामा आएको बाढीले बेपत्ता पारेको व्यक्तिको हुन सक्ने अनुमान गरिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise