२०८२ असार २७ गते शुक्रवार / Jul 11 , 2025 , Friday
२०८२ असार २७ गते शुक्रवार
Ads

रसुवा बाढी : विस्थापित ९ सय जना सुरक्षित स्थानमा

shivam cement
मध्यान्ह
२०८२ असार २६ गते १६:०२
रसुवा बाढी : विस्थापित ९ सय जना सुरक्षित स्थानमा

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको बाढीबाट विस्थापित करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मीले अस्थायी पदमार्ग बनाई ४ सय ८५ भन्दा बढिलाई सुरक्षाकासाथ गन्तव्यतर्फ पुर्‍याएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । साथै भन्सार कार्यालय यार्डमा फसेका २ वटा कन्टेनर र १ ईभि गाडीलाई सुरक्षित स्थानमा सारिएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनमा क्षति पु¥याउनुकोसाथै बाढीमा परी सुरक्षाकर्मीसहित स्थानीय सर्वसाधारण बेपत्ता भएका छन् ।  बेपत्ता भएकाहरूमा ३ सुरक्षाकर्मीसहित १४ जना नेपाली र ६ जना चिनियाँ नागरिक छन् । हालसम्म ४ जनाको शव फेला परेको छ भने ५ वटा मानव अङ्ग मात्र फेला परेको छ । फेला परेको शवमध्ये १ वटा शवको मात्र पहिचान हुन सकेको छ भने अन्य शव र मानव अङ्ग त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ ।

उक्त शव तथा मानवअंग धादिङ्गको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी गाउँपालिका–२ केउरेनिटार, बेनिघाट रोराङ गाउँपालिका–३ लामाबगर र चरौदी, गजुरी गाउँपालिका–२ मलेखु, नुवाकोट जिल्लाको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोलाको किनारा तथा त्रिशूली नदिको किनारामा फेला परेको थियो ।

ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढी भोटेकाशीमा मिसिदा सो नदीले उग्ररुप लिई रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने पुलमा समेत क्षति पुर्‍याएको छ । 

नेपाल–चीन भन्सार नाका जोड्ने बाटो हाल अवरुद्ध भएको छ । उक्त क्षेत्रमा विद्युतीय लाइन अवरुद्ध छ भने सञ्चारका साधनहरूले समेत काम गर्न छाडेको छ ।

सो क्षेत्रमा उद्धारको लागी नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय सर्वसाधारण समेत खटिएका छन् । नेपाली ५० जना, चिनियाँ नागरिक एक जना र भारतीय नागरिक ४ जना गरी ५५ जनाको असार २४ गते सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ४ महिला र ५१ पुरुष छन् । २३ जनालाई नेपाली सेनाको हेलिकपटरद्धारा सकुशल उद्धार गरिएको छ भने अन्य व्यक्तिलाई विभिन्न उद्धार सामाग्रीको सहयोगले उद्धार गर्न सफल भएको छ ।

त्यस्तै भोटेकोशी नदीमा आएको बाढीले जोखिमा रहेका घरपरिवारका १ सय ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । भोटेकोशीमा आएको बाढीले विभिन्न निजी कम्पनीको ४२ वटा ईभी गाडी, २३ वटा कार्गोसहितको कन्टेनर ट्रक, ६ वटा ट्रक लगायत लोडर , एक्जाभेटर, ८ वटा हेभी इक्युपमेन्ट, ३० वटा वेल्डिङ मेसीन र २० वटा ग्राण्डिङ मेसिन बगाएको छ ।

भन्सार क्षेत्रमा रहेको ईभी गाडीका चार्जिङ्ग स्टेसन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवक्र्स र लेवर क्याम्प, चिलिमे जलविद्युत आयोजनाको सुरुङ्गमार्गमा समेत क्षति पुर्‍याएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise