तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–६ मा रहेको अकला देवी मन्दिरमा चोरी भएको छ।
गएराति अज्ञात समूहले मन्दिरको मूलढोकामा लगाइएको ताल्चा फोडेर मूर्तिलगायतका सामान चोरी गरेको हो। प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित अकला देवी मन्दिरमा रहेको गणेशको मूर्ति, शंख र घण्टी चोरी भएको तथा मन्दिरको गजुर भने सुरक्षित रहेको मन्दिर विकास तथा व्यवस्थापन समितिले जनाएको छ।
आज बिहान पुजारी मन्दिरमा दैनिक नित्य पूजाका लागि जाँदा मात्रै मन्दिरमा मूर्ति चोरी भएको थाहा भएको मन्दिर व्यवस्थापन समितिका सचिव वसन्त थापाले जानकारी दिए।
घटनापश्चात प्रहरी टोली गएर घटनाका विषयमा अनुसन्धान भइरहेको उनले बताए । लाखौँ भक्तजनले पुज्ने मन्दिरमा भएको यो किसिमको घटना हुनु अत्यन्त निन्दनीय र हिन्दू धर्ममाथिको प्रहार भएको उनले बताए । उक्त कार्यमा संलग्न कोही शंकास्पद व्यक्ति वा समूह भेटिए तुरुन्त प्रहरीलाई खबर गरिदिन उनले सबैमा आग्रहसमेत गरे।
यस विषयमा वडाध्यक्ष बसन थापासँग बुझ्दा आफू काठमाडौं रहेकाले केही जानकारी नपाएको बताए।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies