गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुला जिल्लाको नेपाल भारत जोड्ने पुल घाटबाट यार्सागुम्बासहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिथौरागढ जिल्ला धारचुला ग्राम पाङलाका अन्दाजी २३ वर्षीय गणेश सिंह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीज्क्षक एवं सुचना अधिकारी नरेन्द्र बहादुर चन्दले मध्यान्हलाई जानकारी दिए ।
दार्चुलाको महाकाली नगरपालिका ४ स्थित नेपाल–भारत जोड्ने झोलुंगे पुलमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सयुक्त टोलीले मंगलबार विहान करिव ११ बजेतिर चेकजाचको क्रममा ९० ग्राम यार्सागुम्बासहित बिष्टलाई पक्राउ गरेको हो । उक्त स्थान डिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने भएका कारण बरामद ९० ग्राम यार्सागुम्बा र बिष्टलाई डिभिजन वन कार्यालयमा बुझाएको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies