बिकाश काफ्ले/मध्यान्ह
पाल्पा : पाल्पामा ३४ वर्षीया महिलालाई बलात्कार पछि गर्भवती बनाएको आरोपमा प्रहरीले तानसेन नगरपालिकाका ४४ वर्षीय अर्जुन विकलाई मंगलबार पक्राउ गरेको छ ।
आरोपितले आफुलाई बलात्कार गरेको र बलात्कारपछि आफु गर्भवती भई सुत्केरी भएको र शिशु पनि जन्मिएको भन्दै पीडीत महिलाले सोमबार जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दर्ता गराएकी थिइन् ।
पीडित महिलाले असार ३० गते घरमै शिशु (छोरी) जन्माएको र शिशु बिरामी भएपछि उपचारको क्रममा सोमबार लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताए ।
पीडित महिलाको उजुरीको आधारमा आरोपितलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies