२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

shivam cement
मध्यान्ह
२०८२ असार २७ गते ०९:३१
पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

तनहुँ : भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाडाबाच्छी हुर्काउन कृषकलाई अनुदान दिएको छ । केन्द्रले चालु आर्थिक वर्ष २०८१/८२ मा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडीबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप रु २९ लाख ९० हजार अनुदान दिएको हो ।

रविन्सन अधिकारीका अनुसार १२९ जना किसानलाई २९९ वटा पाडीबाच्छी हुर्काएबापत रु १० हजारका दरले अनुदान वितरण गरिएको हो । अनुदानका लागि ३२१ वटा पाडाबाच्छी पालेका किसानले आवेदन दिएका थिए ।

कार्यालयले गत आर्थिक वर्षमा ३२७ कृषकलाई रु ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको थियो । त्यस वर्ष ६०४ पाडाबाच्छी हुर्काएबापत अनुदान उपलब्ध गराइएकामा चालु आवमा बजेट घटेकाले कम किसान लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम कार्यान्वयन गर्दै आएको छ ।

ADV

सम्बन्धित खबर

Advertise