२०८२ असार २८ गते शनिवार / Jul 12 , 2025 , Saturday
२०८२ असार २८ गते शनिवार
Ads

सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

shivam cement
मध्यान्ह
२०८२ असार २७ गते १५:२२
सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय सुचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले शुक्रबार झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा झन्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

२०७६ माघ १५ भएको ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने व्यहोरा राखेर कमसल गुणस्तरको उपकरण खरिद गर्दा अनियमितता भएको अख्तियारको ठहर छ ।

पौडेलसहित केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, वर्ल्ड डिष्ट्रिब्युसन नेपाल प्रालि कान्तिपथ काठमाडौं र उक्त कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरूण श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

अख्तियारले उनीहरूविरूद्ध १५ करोड ८८ लाख ५० हजार बिगो माग दाबी गरेको छ।

ADV

सम्बन्धित खबर

Advertise