२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

Nada
२०८२ असार २८ गते १३:३३
Shares
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर : पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी ट्याङ्की निर्माण आयोजना सम्पन्न भएको छ । स्थानीयलाई सहज रूपमा स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

ncell

उक्त आयोजना सम्पन्न भएसँगै यहाँका ५० परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनुका साथै च्याङ्ग्रे बजारवासीलाई राहत पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष भूपध्वज कोइरालाले बताए। यहाँका स्थानीयसँगै गाउँपालिकाको केन्द्र च्याङ्ग्रे बजारका नागरिकले विकल्पका रूपमा पानी उपयोग गर्ने उनको भनाइ छ । 

“यसअघि आयोजना सञ्चालन नहुँदा यहाँ पानीको समस्या थियो”, उनले भने, “निर्माण सम्पन्न भएसँगै ५० परिवारलाई सहजता भएको छ । च्याङ्ग्रे बजारमा खानेपानी अभाव भएमा एक मात्र विकल्पका रूपमा यो आयोजनाको पानी उपभोग गर्न सकिन्छ ।”

घरघरमा धारा वितरण नभए पनि मुहानको संरक्षणसँगै २० घन मिटरको ट्याङ्की निर्माण गरेर मुहानमा तीन वटा धारा जडान गरिएको अध्यक्ष कोइरालाले जानकारी दिए । 

चालु आर्थिक वर्षमा आयोजना सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोष ठाकुरले बताए। करिब रु १८ लाखमा आयोजना सम्पन्न भएको जनाउँदै उनले सानो आयोजना भए पनि यसले नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास व्यक्त गरे । 

रिजाल धारा खानेपानी आयोजना सञ्चालनले स्थानीयलाई सहजता भएको पौवादुङमा-३ का वडाध्यक्ष तीर्थबहादुर कार्कीले बताए। विगतमा कुवाबाट पानी खानुपर्ने अवस्थामा अहिले मुहान संरक्षणसँगै ट्याङ्की निर्माणमार्फत धारा जडान भएपछि सहज भएको उनको भनाइ छ ।

ताजा खबर

सम्बन्धित खबर