गणेश सिंह धामी/ मध्यान्ह
दार्चुला, ७ साउन । दार्चुलाको शैल्यशिखरमा शुक्रबार सार्वजनिक विदा हुने भएको छ ।
शैल्यशिखर नगरपालिकाले एक सुचना जारी गर्दै मालिकार्जुन शिखर पुजन जात्राको लागि साउन ८ गते शुक्रबार एक दिनको लागि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
राष्ट्रिय धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ ।
नगरपालिकाले उक्त दिनलाई ‘शैल्यशिखर दिवस’का रुपमा मनाउने गरी विदा दिने भएको हो । शैल्यशिखर नगरपालिकाका नगर प्रमुख अमर सिंह धामीले नगरपालिकाले जात्रामा भिडभाड नगरी स्वास्थ्य सुरक्षाका मापदण्डको पालनासहित सहभागी हुन पनि आग्रह गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies