२०८२ असार २९ गते आइतवार / Jul 13 , 2025 , Sunday
२०८२ असार २९ गते आइतवार
Ads

आप्रवासन एजेन्सीका अध्यक्ष गेस्पार र राजदूत पौडेलबीच भेटवार्ता

shivam cement
भरत प्रधान
२०८२ असार २८ गते २०:०१
आप्रवासन एजेन्सीका अध्यक्ष गेस्पार र राजदूत पौडेलबीच भेटवार्ता

लिस्बन : पोर्चुगलको आप्रवासन सम्बन्धि हेर्ने सरकारी एजेन्सी एकीकरण, आप्रवासन तथा शरण (आइमा) का अध्यक्ष पेड्रो पोर्चुगल गेस्पार र पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलबीच द्धिपक्षीय भेटवार्ता भएको छ ।

राजधानी लिस्बनस्थित एजेन्सीको मुख्यालयमा अध्यक्ष गेस्पार र राजदूत पौडेलबीच ओैपचारिक भेटवार्ता भएको हो । भेटवार्तामा पोर्चुगलमा रहेका आप्रवासी नेपालीको अवस्था, कागजी प्रक्रियामा देखा परेका समस्या, नेपाली समुदायको हित र आपसी सहकार्य लगायतका विविध विषयमा छलफल भएको लिस्बनस्थित नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा कागजी प्रकृयामा रहेका नेपालीको सहजताका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिनका लागि अध्यक्ष गेस्पार समक्ष आग्रह गरिएको राजदूत पौडेलले बताए । 

अध्यक्ष गेस्पारले दूतावाससँग समन्वय र सहकार्य गरेर नेपाली समुदायको सहजताका लागि आवश्यक सहयोग र सहजीकरण गरिने बताए । राजदूत पौडेलका अनुसार गेस्पारले नेपालीहरु इमानदार, मेहनती र मिलनसार रहेको भन्दै प्रशंसासमेत गरेका थिए । सो अवसरमा पौडेलले दूतावासले प्रमाणीकरण गरेका प्रहरी प्रतिवेदनलगायतका कागजातहरु दूतावासको आग्रहमा एजेन्सीले सहज रुपमा बुझ्ने व्यवस्था मिलाएको भन्दै गेस्पारलाई धन्यवाद समेत दिएका थिए ।

भेटवार्तामा एजेन्सीका अन्य अधिकारी, दूतावासका द्वितीय सचिव रामबाबु नेपाललगायतको सहभागिता रहेको दूतावासले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise