काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत स्रष्टाहरूलाई भानु जयन्तीको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले सामाजिक सञ्जाल लेखेका छन् “आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती । आदिकवि, जसले नेपाली मनमा रामायण रोपेर जानुभयो, नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो । नेपाली भाषामा आदि लेखन थालनी गर्नुभएका भानुभक्तप्रति नमन, स्रष्टाहरूलाई भानु जयन्तीको हार्दिक शुभकामना ।”
आज देशभरि नै आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।