२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सर्पले डसेर छाउगोठमा सुतेकी युवतीको मृत्यु

Nada
२०८२ असार २९ गते १०:२८
Shares
सर्पले डसेर छाउगोठमा सुतेकी युवतीको मृत्यु

काठमाडौँ : कञ्चनपुरमा छाउगोठमा सुतेका बेला सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।

ncell

कृष्णपुर नगरपालिका-१ को निगालीमा छाउगोठमा सुतेका बेला २८ वर्षीया कमला आउजीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीले प्रारम्भिक जानकारीअनुसार सर्पले बायाँ गालामा टोकेपछि उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा शनिवार साँझ ८ बजे उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

ताजा खबर

सम्बन्धित खबर