२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रसुवा बाढी : ११ जनाको शव फेला, १७ अझै बेपत्ता

Nada
२०८२ असार २९ गते १३:३४
Shares
रसुवा बाढी : ११ जनाको शव फेला, १७ अझै बेपत्ता

काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता ११ जनाको शव फेला परेको छ । सरकारले आइतबारसम्म ११ जनाको शव फेला परेको जानकारी दिएको हो ।

ncell

आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले हालसम्म ११ जनाको शव फेला परेको जानकारी दिए ।

उनले कुनै मानव अंग मात्रै पनि फेला परेको बताए । अहिलेसम्म पनि १७ जना बेपत्ता रहेको उनले जानकारी दिए । उनकाअनुसार उक्त घटनाको खोज, उद्धारका लागि १ हजार ९ सय ५० जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थल उद्धार ७ सय ४९ जना, हवाई उद्धारबाट २ सय जनाको उद्धार भएको पनि उनले बताए । २३ वटा कार्गो सेन्टर कन्टेनर ट्रक, ४७ वटा विद्युतीय गाडी, ६ वटा सिंगो सवारीहरु बगेको उनले बताए । २ वटा पुल पूर्ण रुपमा क्षति भएको र एउटामा आंशिक क्षति पुगेको उनले बताए ।

उनले स्याँफ्रुबेसीबाट टिमुरेसम्मको १६ किलोसिमटर सडक धेरै ठाउँमा क्षति भएको बताए । उक्त सडकखण्डमा ठाउँ ठाउँमा गरेर १ हजार २ सय मिटर सडक पूर्ण रुपमा क्षति भएको उनले बताए । तीन वटा हाइड्रोमध्ये रसुवागढी ११० मा धेरै क्षति भएको उनले जानकारी दिए ।

बाढीले पुल बगाएसँगै तत्कालका लागि रसुवा-चीनको आवतजावत पूर्ण रुपमा बन्द भएको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर