काठमाडौंः नेपाली कांग्रेसको भ्रातृ संगठन रहेकाे नेविसंघका १० जना कार्यकर्ता पक्राउ परेका छन् । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका १० जना कार्यकर्ता पक्राउ परेका हुन् ।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै नेविसंघले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममाा सडकमा टायर समेत बालेका थिए ।