२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण

Nada
२०८२ असार ३० गते १६:०४
Shares
स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण

वीरगन्ज : वीरगन्ज महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्मार्ट मोबाइल फोन वितरण गरेको छ । सोमबार महानगरपालिकामा आयोजना गरेको कार्यक्रममा  नगरप्रमुख राजेशमान सिंहले महिला स्वास्थ्य स्वयंसेविकालाई स्मार्ट फोन वितरण गरेका हुन् । 

ncell

महानगरका १ देखि १६ वडासम्मका ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई १÷१ थान मोबाइल फोन वितरण गरिएको स्वास्थ्य महाशाखाका प्रमुख राजु साहले जानकारी दिए । 

महानगरमा ३२ वडामा १९८ जना महिला स्वास्थ्य स्वयंसेविका छन् । पहिलो चरणमा १ देखि १६ नम्बर वडाका ४२ जना स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको हो ।

बाँकी १७ देखि ३२ नम्बर वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई एक हप्तापछि मोबाइल फोन वितरण गरिने छ ।

महिला स्वास्थ्य स्वयंसेविकाबाट प्रवाह भइरहेको स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउनका लागि मोबाइल फोन वितरण गरिएको साहले बताए । 

प्रमुख सिंहले सीमित श्रोत साधन र न्यून पारिश्रमिकका बाबजुद पनि महिला स्वास्थ्य स्वयंसेविकाले उत्कृष्ट सेवा प्रदान गरिरहेको भन्दै प्रशंसा गरे । 

ताजा खबर

सम्बन्धित खबर