२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

Nada
२०८२ असार ३० गते १६:५२
Shares
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

नवलपरासीः नवलपुरमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।

ncell

कावासोती–३ स्थित एक सरकारी भवन निर्माण गर्ने क्रममा बर्दियाको ठाकुरबाबा–२ घर भइ हाल कावासोतीमा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको थियो । घाइते थारुको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो । 
 

ताजा खबर

सम्बन्धित खबर