२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

जनताको काम गर्न आएको हुँ, कुनै गल्ती गरेको छैन : मन्त्री अधिकारी

Nada
२०८२ असार ३० गते १९:०८
Shares
जनताको काम गर्न आएको हुँ, कुनै गल्ती गरेको छैन : मन्त्री अधिकारी

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराध अधिकारीले आफूले कुनै गल्ती नगरेको बताएका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफू जनताको काम गर्न गएकाले कुनैपनि गलत काम नगर्ने स्पष्ट पारेका हुन् ।

ncell

उनले सञ्चारमाध्यमले जनतालाई सुसूचित गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुपर्ने पनि बताए । सरकारले अघि सारेका कुरामा गल्ती औंल्याइदिए सरकार सच्याएर अघि बढ्न तयार रहेको उनले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अब चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ भन्ने प्रश्न गर्नुभयो नि भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा पहिला आफूलाई हेरेर अरुमाथि दोष लगाउन अध्यक्ष दाहाललाई आग्रह गरे । 

मन्त्री अधिकारीले भने, ‘मैले गल्ती गर्दिनँ, म जनताको काम गर्न गएको हो । जनताको काम गर्छु, तपाईंहरु ढुक्क हुनुस् । तपाईं हामीले पहिला आफूलाई हेरौँ अनि बल्ल अरुलाई प्रश्न गरौँ । सञ्चारमाध्यमले जनतालाई सुसूचीत गर्न तथ्य र सही कुरा दिएर सहयोग गर्नुस् । सरकारले अघि सारेका कुरामा गलत भयो भनेर औंल्याइदिनुस्, हामी सुधार गर्छौं ।’ मन्त्री अधिकारीले गलत गर्नेलाई कारबाही हुनुपर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर