२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

नवजात शिशु र आमाको उद्धार

Nada
२०८२ असार ३१ गते १२:४४
Shares
नवजात शिशु र आमाको उद्धार

रुकुम पश्चिमः रुकुम जिल्लाको आठबिसकोट नगरपालिका–४ गोताकोटबाट नवजात शिशुसहित आमाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज बिहान गोतामकोटकी २२ वर्षीया अर्चना विक र उनको शिशुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो । 

ncell

सोमबार बिहान जन्मेको शिशुको श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत पठाइएको आठविसकोट नगरप्रमुख रवि केसीले जानकारी दिए ।

नगर अस्पतालमा उपचार सम्भव नभएपछि विक र उनको नवजात शिशुलाई थप उपचारका लागि सुर्खेत पठाइएको हो । नगरपालिकाको  सिफारिसमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आमाबच्चाको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर