२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

रास्वपाको प्रश्नः मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने ?

Nada
२०८२ असार ३१ गते १३:४४
Shares
रास्वपाको प्रश्नः मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने ?

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको विषय सरकारले नसुनेको भन्दै आपत्ति जनाएका छन् ।

ncell

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद नेपालीले यस्तो बताएका हुन् । भिजिट भिसाको आवरणमा भइरहेको तस्करीबारे आफूहरुले निरन्तर आवाज उठाउँदै आएको भएपनि सरकारमा पेलेरै अघि बढ्ने प्रवृत्ति देखिएको बताए। उनले घुस डिल काण्डमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्र नपुग्ने बताए ।

उनले घट्नाको निष्पक्ष छानविन गरी दोषिउपर कारबाही गर्न सरकारसँग आग्रह गरे । उनले अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको समाचार आएको छ । यतिले मात्र हुदैन । अरु मन्त्री पनि पोलिएका छन् । यो विषयमा निष्पक्ष छानविन होस् । र दोषिउपर शक्त कारबाही यथाशिघ्र होस् । तर अझैपनि एउटा गम्भिर प्रश्न अनुत्तरित नै छ सभामुख महोदय अध्यागमन विभागमार्फत भइरहेको मावन तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो ? त्यो पदको यत्रो लोभ किन हो रु छानविन समिति कहिले बन्ने हो ?’

उनले गृहमन्त्रीमाथि निरन्तर प्रश्न उठिरहेको भएपनि नैतिकता नदेखाएको टिप्पणी गरे ।

ताजा खबर

सम्बन्धित खबर