२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

अर्घाखाँचीमा पहिरोले पुरिँदा २ जनाको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असार ३१ गते २०:०५
अर्घाखाँचीमा पहिरोले पुरिँदा २ जनाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० तल्लोपाकुमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान करिब ९ बजे घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी ६७ वर्षीया श्रीमती श्यामकला बुढामगर सुक्खा पहिरोले पुरिँदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू रोजा तुसारेपानीस्थित आफ्नो खर्यानतर्फ गएका थिए । तर समयमा घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा उनीहरू पहिरोमा पुरिएको अवस्थामा फेला परेका थिए ।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी झलकप्रसाद शर्माका अनुसार ढुंगा लागेर शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका कारण घटनास्थलमै दुवैको मृत्यु भएको हो ।  शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise