२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

जय किसान माविमा छात्रवृत्ति वितरण

shivam cement
मध्यान्ह
२०८२ असार ३१ गते २१:३५
जय किसान माविमा छात्रवृत्ति वितरण

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित श्री जय किसान माध्यमिक विद्यालय, धरहरीमा छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयका अनुसार कक्षा १ देखि ८ सम्म अध्ययनरत सम्पूर्ण छात्रा तथा दलित छात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको हो । 

छात्रवृत्ति वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामनन्द साहको अध्यक्षता र देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष वीर बहादुर साह विशेष अतिथि रहेका थिए । विद्यालयका प्रधानाध्यापक संजय प्रसाद गुप्ताले मंगलबार एक कार्यक्रमको आयोजना गरी छात्रवृत्ति वितरण सुरू गरिएको जानकारी दिए । 

उनका अनुसार आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा अध्ययनरत कक्षा १ देखि ८ सम्मका सम्पूर्ण छात्रा तथा दलित छात्राहरुलाई तथा आर्थिक वर्ष २०८१/८२ मा अध्ययनरत कक्षा १ देखि ५ सम्मका छात्रा तथा दलित छात्राहरुलाई प्रतिव्यक्ति ४०० रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू तथा स्थानीय अभिभावकहरूको समेत उपस्थिति रहेको थियो । विद्यालयले छात्रवृत्तिबाट विद्यार्थीको पठनपाठनमा थप प्रोत्साहन हुने अपेक्षा लिएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise