२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

चार संसदीय समितिको बैठक बस्दै

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते ०७:१७
चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ : संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिहरुको बैठक बस्ने भएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल हुनेछ । 

नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्नेछ । राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि दिउँसो १ बजे बस्नेछ । बैठकमा समितिको कार्य योजना कार्यान्वयनको अवस्था र समितिको कामकारबाहीको समीक्षा हुनेछ ।  

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त)को बैठक पनि आजै बस्दै छ । बैठकमा  समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव संकलन तथा छलफल, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची छ । 

बैठकमा सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको हालसम्मको प्राप्त प्रगति विवरणलगायत समसामयिक विषयमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

ADV

सम्बन्धित खबर

Advertise