काठमाडौँ : नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज हुँदैछ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो तीन बजे शपथ तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि हिजो राजीनामा दिएका थिए । लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री नियुक्त गरेका थिए ।
शपथसँगै आजै कार्यभार सम्हाल्ने मन्त्री न्यौपानेको तयारी छ ।