२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

सडकको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते १०:२९
सडकको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

काठमाडौँ : सर्लाहीमा सडक निर्माणका लागि खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार बिहान १० बजेदेखि घरबाट हराइ बेपत्ता भएका सुशान्तलाई खोजतलास गर्ने क्रममा घरदेखि ५ सय मिटर दक्षिण-पूर्वस्थित सडक निर्माणको लागि जेसीबीले खनेको खाल्डोमा जमेको पानीमा राति करिब साढे ११ बजे बालकको शव फेला परेको हो ।

बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीमा राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise