२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

चीनको जिडिपी पहिलो ६ महिनामा ५.३ प्रतिशतले विस्तार

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते ११:१६
चीनको जिडिपी पहिलो ६ महिनामा ५.३ प्रतिशतले विस्तार

काठमाडौंः २०२५ को पहिलो ६ महिनामा चीनको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वार्षिक रूपमा ५.३ प्रतिशतले बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबिएस) को तथ्याङ्कले मंगलबार देखाएको छ । पहिलो ६ महिनामा चीनको जिडिपी लगभग ६६.०५ ट्रिलियन युआन (लगभग ९.२४ ट्रिलियन अमेरिकी डलर) पुगेको छ । 

दोस्रो त्रैमासिकमा, देशको जिडिपी वर्ष–दर–वर्ष ५.२ प्रतिशतले विस्तार भयो । उद्योग पहिलो ६ महिनामा वार्षिक रूपमा ५.५ प्रतिशतले विस्तार भयो । प्राथमिक उद्योगमा ३.७ प्रतिशत र दोस्रो उद्योगमा ५.३ प्रतिशतले वृद्धि भयो । त्रैमासिक आधारमा, एनबिएसका अनुसार, दोस्रो त्रैमासिकमा चीनको अर्थतन्त्र १.१ प्रतिशतले विस्तार भयो । 

यस वर्षको पहिलो छ महिनामा, चीनको औद्योगिक उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढेको छ । उपकरण निर्माण र उच्च–प्रविधि उत्पादन क्षेत्रहरूले तिब्र वृद्धि गरेका छन् । रोजगार बजार सामान्यतया स्थिर रह्यो, सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर पहिलो ६ महिनामा औसत ५.२ प्रतिशत रहेको छ ।जुन पहिलो त्रैमासिकको तुलनामा ०.१ प्रतिशत अंकले कमी हो । जनवरी–जुन अवधिमा देशको प्रतिव्यक्ति खर्चयोग्य आय २१ हजार ८ सय ४० युआन पुगेको छ । एजेन्सी

ADV

सम्बन्धित खबर

Advertise