२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

वाणिज्य बैंककाे ब्याजदर : १४ ले घटाउँदा २ ले बढाए, ४ काे स्थिर

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते ११:५२
वाणिज्य बैंककाे ब्याजदर : १४ ले घटाउँदा २ ले बढाए, ४ काे स्थिर

काठमाडौंः वाणिज्य बैंकहरुले साउन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैकहरुले सार्वजनिक गरेको ब्याजदरअनुसार बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर औसत व्यक्तिगततर्फ ०.२६ प्रतिशत घटेर ५.७ प्रतिशतमा कायम भएको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर ०.२६ प्रतिशत घटेर ४.११ प्रतिशत कायम भएको छ । 

साउन १ गतेदेखि लागू हुने गरी १४ वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् भने २ बैंकले बढाएका छन् । ब्याजदर घटाउँदै कृषि विकास बैंकले साउनका लागि ५.४० प्रतिशत ब्याजदर कायम गरेको छ भने एभरेष्ट बैंकले ६.२५ प्रतिशत, नेपाल बैंकले ५.४० प्रतिशत, कुमारी बैंकले ५.४१ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.३५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.५० प्रतिशत, प्राइम बैंकले ६ प्रतिशत, सिटिजन्स बैंकले ५.५० प्रतिशत, प्रभु बैंकले ४.२५ प्रतिशत, नबिल बैंकले ५.५० प्रतिशत, सानिमा बैंकले ६.१८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.२५ प्रतिशत र एनआईसी एशिया बैंकले ६.२५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

हिमालयन बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक ब्याजदर बढाएका छन् । जसमा हिमालयन बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.५० प्रतिशतले बढाएर ६ प्रतिशत र संस्थागततर्फ १ प्रतिशत बढाएर ५ प्रतिशत ब्याजदर कायम गरेको छ भने स्ट्याण्डर्ड चार्टर्डले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ०.०१ प्रतिशत बढाएर ६.२६ प्रतिशत कायम गरेको छ

ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंकले भने असारकै ब्याजदरलाई निरन्तरता दिएकाअ छन् । जसमा माछापुच्छ्रे बैंकको ६ प्रतिशत, सिद्धार्थ बैंकको ५.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत र एनएमबि बैंकको ब्याजदर ६ प्रतिशत रहेको छ । 

ADV

सम्बन्धित खबर

Advertise