२०८२ असार ३२ गते बुधवार / Jul 16 , 2025 , Wednesday
२०८२ असार ३२ गते बुधवार
Ads

लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छ : मदनकृष्ण श्रेष्ठ

shivam cement
मध्यान्ह
२०८२ असार ३२ गते १२:३५
लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छ : मदनकृष्ण श्रेष्ठ

काठमाडौं : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गरेका छन् । महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताए ।

सडकहरु गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको उनले बताए । नेपालले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसकेको भन्दै उनले विद्युतबाट चल्ने बसहरु सञ्चालन गर्नेकुरा राम्रो भएको उल्लेख गरे ।

उनले भने, ‘हाम्रो देश पनि अब इभी मोटर चढ्ने युगमा आइसकेको छ । बाटोघाटो गाउँगाउँमा पुगेको छ । बिजुली गाउँ गाउँमा पुगेको छ । हामीले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौँ । अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ । यो एकदमै राम्रो हो । लोकतन्त्र आएपछि धेरै डेभलपहरु मैले देखेको छु ।’

वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भएपनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको बताए । बसको मात्रा र बसको स्ट्याण्डर्ड बढ्न जरुरी रहेको उनले बताए ।

ADV

सम्बन्धित खबर

Advertise